FAQs Complain Problems

टीकापुर नगरपालिकाको संक्षिप्त परिचय

टीकापुर नगरपालिकाको संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कैलाली जिल्लाको पुर्बी भागमा पर्ने यो ठाउं महेन्द्र राजमार्ग  देखि १४ कि.मि. दक्षिण पट्टि, भारतको सिमाना देखि १४ कि.मि उत्तर तर्फ कर्णाली नदीको पश्चिमि तटमा अवस्थित छ| प्रजातन्त्र पुनस्थापना पश्चात नगरोन्मुख गा.बि.स., गा.बि.स. हुँदै २०५३ साल माघ १७ गते एकै पटक घोषणा भएका १५ वटा नगरपालिका मध्येको एक हो भने हाल २०७३ साल फाल्गुन २७ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम साबिक टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गा.बि.स. एकै ठाउंमा गाभिन गई हालको बृहत् टीकापुर नगरपालिकाको स्थापना भएको हो |

घना जंगल भएको यस क्षेत्रमा बस्ति बस्ने क्रममा यहाँका बस्तीहरु टिका जस्तै गरि गोलाकार रुपमा बसेकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ भने अर्को भनाइ अनुसार बस्ति बस्ने क्रममा जंगल फडानीको कार्य दशैंको टिकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ|

टीकापुर सिमाना

पूर्वमा कर्णाली नदि र बर्दिया जिल्ला,पश्चिममा भजनी नगरपालिका ,उत्तरमा जानकी गाउँपालिका र दक्षिणमा मोहना नदि,भारत सिमाना पर्छ ।