FAQs Complain Problems

जग्गा दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१)निबेदन पत्र 

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) साविक लगत प्रमाणित प्रतिलिपि

५) फिल्डबुक उतार

६) स्थलगत निरिक्षण प्रतिबेदन

७) जग्गाको नापी नक्सा

८) जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु

९) स्थानीय सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने                                     

४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरिक्षण गरि प्रतिबेदन तयार गर्ने                                                        

५) निवेदकले तोकिएको सुल्क बुझाउने       

६)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने