FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेको निबेदन

२) निवेदकको नागरिकता प्रमाण पत्र को प्रतिलिपि

३)मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि      

४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि                                      

५)सर्जमिन मुचुल्का  गरि बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्र को प्रतिलिपि  

६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद                   

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने                                    

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने                                                          

५) निवेदकले तोकिएको सुल्क बुझाउने         

६)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने                                         

७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ