प्रमुख सूचना::
अपाङ्ग सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
१) निबेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपारीटेन्डको सिफारिस
३) व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन
प्रक्रिया:
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने