FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार

२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु 

३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपि

४) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र

५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु

६) पासपोर्ट साईजको फोटो ३ प्रति 

७)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

८) सर्जमिन मुचुल्ला

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                          

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने                                    

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने , कानुनि राय  आवश्यक  भएमा राय सोध्ने                                                     

५) निवेदकले तोकिएको सुल्क बुझाउने         

६)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

७) अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने