FAQs Complain Problems

कोर्ट फिमिनाहा सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र

२) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु

४) कोर्ट फिमिनाह हुनु पर्ने स्पष्ट कारण लिखत रुपमा दिनु पर्ने

५) स्थानीय सर्जमिन का मुचुल्का

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने                                    

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने                                                      

५) निवेदकले तोकिएको शुल्क बुझाउने       

६)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने