FAQs Complain Problems

व्यवसाय संचालन नभएको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) व्यवसाय संचालन नभएको कारण सहितको निबेदन 

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

३) स्थानीय तहको नाममा व्यावसाय दर्ता गरेको प्रमाणपत्र 

४) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) स्थलगत प्रतिबेदन

६) घर बहाल सम्झौता पत्रको प्रतिलिपि

७) सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने                                    

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने                                                      

५) निवेदकले तोकिएको सुल्क बुझाउने       

६)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने