FAQs Complain Problems

जग्गा मूल्यांकन सिफारिस/प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र

२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

३) जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण

४) हालसालै आसपासको खरिद बिक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का

५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने                                    

४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्यांकन तयार गर्ने                                                     

५) निवेदकले तोकिएको शुल्क बुझाउने       

६)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने